सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीब ३१ लाख ३० रुपैयाँ बराबरको सामान बरामद गरेको छ । हिजो पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ स्थित गण्डक चोकबाट बरामद गरेको छ ।
नेपाल सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको टोलीले उल्लेखित मूल्य बराबरको स्टेशनरी, लत्ताकपडा, ईलेक्ट्रोनिक्स सामान, साईकलको पार्ट्स र औषधी समेत बरामद गरेको छ ।
सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित सामानहरु ट्रक सहित बरामद गरिएको हो । बीरगंजबाट पथलैयातर्फ जादै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकमा भन्सार दाखिलामूल्य २५ लाख रुपैयाँ रहेको छ ।
बरामद गरिएको सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।