बैशाख ६, बीरगंज,पर्सा — हालै सम्पन्न हनुमान जयन्तीको शोभा यात्राका क्रममा उत्पन्न भएको तनावपूर्ण परिस्थितिका सन्दर्भमा विभिन्न मिडियामार्फत जफर अंसारीद्वारा दिइएका अभिव्यक्ति व्यक्तिगत हुन् ।

संघले जारी गरेको एक आधिकारिक विज्ञप्तिमा भनिएको छ कि सञ्चारमाध्यममा सार्वजनिक गरिएका जफर अंसारीका भनाइहरू पूर्ण रूपमा व्यक्तिगत हुन् र ती अभिव्यक्तिहरू मुस्लिम समुदाय वा नेपाल मुस्लिम समाज संघसँग कुनै पनि प्रकारले सम्बन्धित छैनन् । विज्ञप्तिमा स्पष्ट पारिएको छ कि "जफर अंसारी नेपाल मुस्लिम समाज संघ, पर्साका अध्यक्ष होइनन्" भन्ने भ्रम फैलिन नदिन सबैलाई सतर्क रहन अनुरोध गरिएको छ । साथै संघले आगामी दिनमा यस्ता विषयमा कसैको व्यक्तिगत धारणा वा अभिव्यक्तिलाई मुस्लिम समुदायको मतसरूप व्याख्या नगरिन पनि आग्रह गरेको छ ।

"भविष्यमा यस्ता संवेदनशील मुद्दामा कुनै पनि व्यक्ति वा समूहद्वारा सार्वजनिक मञ्च वा सञ्चारमाध्यममा अभिव्यक्ति दिइएमा त्यसको सम्पूर्ण जिम्मेवारी उक्त व्यक्तिको नै हुनेछ," विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले समुदायमा अमनचयन र शान्तिको सन्देश फैलाउने अपिल गर्दै, यस्ता अभिव्यक्तिहरूले समाजमा थप तनाव सिर्जना नगरोस् भन्ने अपेक्षा पनि व्यक्त गरेको छ ।