स्थानीय प्रशासनले बिहीबार मध्यरातदेखि नेपाल भारत सिमाना सील गरेपछि मतदानका लागी भारतबाट फर्किएका नेपाली नागरिकलाइ नागरिकता देखाए पनि आज नेपाल प्रवेशमा रोक लगाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन वीरगञ्ज नाका बन्द गरिएको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन ७२ घण्टाका लागि सीमाबाट सबै प्रकारको आवागमन बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
निर्वाचनमा विभिन्न खालका आपराधिक क्रियाकलाप हुनसक्ने र यसले दुवैदेशको शान्ति सुव्यावस्थामा खलल पुर्याउने भएकोले दुवैतर्फ आवत जावत बन्द गएको मध्यरातिदेखि मतदानको दिन बेलुकासम्म सीमानाकाबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाईएको छ । वीरगञ्ज रक्सौल नाकामा नेपालतर्फ गेट लगाईएको छ ।
सुरक्षा संगै भारतको भिन्न स्थानमा काम गर्न गएका नेपाली नागरिकहरू मतदानको लागी स्वदेश फर्किदा सिमानाका मा नागरिकता तथा मतदाता परिचयपत्र देखाउदा समेत प्रवेशमा रोक लगाउनुका साथै जम्मा भएका सर्व साधारण माथी प्रशासनद्वारा हातपात समेत भएको स्थानियले जानकारी गराएका छन् ।