वीरगञ्ज, १ साउन,
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३१ स्थित सोलखपुर जंगल क्षेत्रबाट सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारी र सब-डिभिजन वन कार्यालय सबैयाबाट रेञ्जर भुपाल रोकायको कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त स्थानमा खोजतलास गरेको थियो ।
खोजतलासका क्रममा जंगलको छेउमा लुकाईछिपाई राखिएको अवस्थामा अन्दाजी २१ क्युबिक फिट (क्यू.फिट) सालको गोलिया काठ फेला पारी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो ।
बरामद गरिएको उक्त काठलाई आवश्यक कानुनी कारबाहीका लागि सब-डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।