४ वैशाख बीरगंज -सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरियाबाट स.प्र.ना.उ. महेन्द्र सिंह थापाको नेतृत्वमा खटीएको टोलीले बिशेष सुचनाको आधारमा मिति २०८२ वैशाख ३ गते राति ११:०० बजेको समयमा पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नं.- ८ मननपुर स्थित बासँको झ्याङ्गमा २ वटा झोला भित्र लुकाई छिपाई गरि राखेको अवस्थामा २४ के.जी. ५०० ग्राम चरेश बरामद गरेका छन् ।
सिमानामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा कडाइ गरिएको भन्दै डिएसपी थापाले ‘सीमा क्षेत्रमा हुनसक्ने सुरक्षा चुनौतीबारे हामी सधैँ सजग रहन्छौँ ।’‘साझेदारी कार्यक्रम मार्फत सिमानाका बासिन्दासँग नजिक रहेर काम गर्दा त्यहाँका अवैध गतिविधि नियन्त्रणमा सहज भएको डिएसपी थापाले बताएका छन् ।
उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा बुझाईएको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
सन् १९६१ को मार्चमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि 'सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१' पारित गरेको थियो। जसले गाँजालाई लागुऔषध मान्दै प्रतिबन्ध लगायो।
नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो।
त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो।
पाँचचोटि संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तोकेको छ। सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ।