३० माद्र गते बिहान अं ०५:०० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ जादैं गरेको बा २१ च ५२२६ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा पिकअप गाडी चालक जिल्ला धादिङ थाक्रे गा.पा. वडा नं. ०४ बस्ने वर्ष ३४ को जिवन मगर र सोही गाडीमा सवार ऐ. वडा नं. ०६ बस्ने वर्ष ३० को प्रदिप क्षेत्रीलाई शंका लागी रितपुर्वक निजहरुको शरीर तथा पिकअप गाडी समेतको खानतलासी गर्दा गाडीको ढाला भित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा २२३ किलो लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध, पिकअप गाडी सहित निजहरु जिवन मगर र प्रदिप क्षेत्रीलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको ।

जिल्ला प्रहरी मकवानपुरले जनाएको छ। .