३१ असार बीरगञ्ज -नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको जनाएको छ ।ब ढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मूल्य बढाउनु परेको जानकारी दिएको छ ।
निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।