पर्सा जिल्ला अदालत का माननीय जिल्ला न्यायाधीश बिष्णु प्रसाद अर्यालको नेतृत्वमा वीरगंज महानगरपालिकाका न्यायीक समितिको निरिक्षण मा न्यायीक समितिको काम कार्यवाही को निरीक्षण गर्नु भयो।

बीरगंज महानगरपालिका का उप प्रमुख तथा न्यायीक समिति का संयोजक इम्तियाज आलमले निरिक्षण टोली लाई फुलमाला, अबिर तथा खादा लगाई सम्मान सहित स्वागत गर्नु भएको थियो।

निरीक्षन को क्रममा माननीय न्यायाधीश बिष्णु प्रसाद अर्याल ले न्यायीक समिति मा दर्ता भयेको उजुरीहरु र उजुरी माथी समितिले गरेको सम्पादन गरेको न्यायीक कार्वाहीक र किनारा का सम्बन्धमा कार्य बिधिगत प्रक्रिया को निरीक्षन गरि आवस्यक सुझाव दिनु भयो।

उक्त कार्यक्रममा पर्सा जिल्ला अदालत का साखा अधिकृत सुर्य बहादुर राणा , नासु दिपक पौडेल र बीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य कन्हैया ठाकुर, न्यायिक समिति सचीवालय उजुरी प्रसाशक अधिवक्ता धनबहादुर थापा लगयत का अथिति हरु को उपस्थिति रहेको जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनु भयो ।