बीरगंज चैत्र २

रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाटको घटना भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो । 

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको संख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका छन् । गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ । प्रहरीले तिन जना भारतीयलाई नियन्त्रणमा लिएको छ ।