“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत अल मंसुर फाउण्डेसन र राईजिङ्ग वीरगंज नेपालको विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा २ वटा विपन्न गरिब परिवारको छोरीको विवाहको लागी आवस्यक भाडाकुडा तथा नगद सहयोग गरेको छ ।

जिल्ला पर्सा बी.म.न.पा.बडा नं.१६ स्थित प्रहरी चौकी इनर्वा पर्साको प्राङ्गणमा जिल्ला पर्सा बी.म.न.पा.बडा नं.१६ वस्ने महमद हसन शेख र भारत पुर्वी चम्पारण थाना रक्सौल गाँउ महदेवा बडा नं.७ वस्ने अविद हुसैनको छोरीको बिबाहको लागी नगद रु ५०००(पाँच हजार) गरि चाहिने आवश्यक भाडा कुडा लगायत सम्पुर्ण किचेन समाग्री बितरण गरि गरिएको हो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा, वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि.श्री पुष्कर वोगटीको प्रमुख आतिथ्यमा अल-मंसुर फाउन्डेशनको अध्यक्ष जेयाहुल हक समानी, प्रहरी चौकी इनर्वाका कार्यालय प्रमुख तेज प्रताप सिंह सामुदायिक सेवा केन्द्रका बरिष्ठ उपाध्यक्ष अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमार सिंह, आतिथ्यमा गणेश ठाकुर, जैबु नेशा, हसिना खातुन, सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादव, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल ज्यू प्रहरी हबल्दार श्री रुप कुमार यादव ज्यु, प्रहरी जवान बिर बहादुर यादव लगायतको उपस्थिति रहेको थियो ।