राष्ट्रिय सभा सदस्य निर्वाचन जिल्ला समन्वय समिति पर्साको आयोजनामा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० मधेश प्रदेश बाट सत्ता गठबन्धनका उम्मेदवारहरु विच परिचय तथा भेटघाट कार्यक्रमको आयोजना भएको छ ।

गठबन्धनका साझा उम्मेदवार आनन्द ढुंगाना नेपाली कांग्रेसका तर्फबाट र पूजा चौधरी जसपाका तर्फबाट हुन् । 


राष्ट्रिय सभा सदस्य निर्वाचन जिल्ला समन्वय समिति पर्साका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षता रहेको थियो ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उम्मेदवारद्वयसंगै कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य अजय चौरसिया, मधेस प्रदेशका वनमन्त्री तथा लोसपा नेता रमेश कुर्मी , कांग्रेसका पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी , प्रदेश सभा सदस्य श्याम पटेल , जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता, नेकपा एकिकृत समाजवादीका नेता मनोज चौधरीका साथै गठबन्धन दलबाट पर्साका विभिन्न पालिकामा निर्वाचित पालिका प्रमुख र उप्रमुखको सहभागीता रहेको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए ।