२३ भदौ बीरगञ्ज - आज वल्ड फिजियोथेरापी डे को उपलक्ष्यमा बीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा हाडजोर्नी, नशा लगायतका समस्यामा फिजियोथेरापीको भूमिकाबारे महत्वपूर्णजानकारी तथा अभ्यास गरी मनाइयो।
उक्त कार्यक्रम ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र नेपाल मेडीसिटि व्योधा होस्पिटल बिरगंज पर्साको सँयुक्त आयोजनामा सुसम्पन्न भएको हो।
फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ । मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ । नयाँ नयाँ रोग देखा परेसँगै यसको उपचारमा पनि नयाँ प्रविधि र उपाय आविष्कार भएका छन् । कतिपय रोग लाग्नुको कारण स्पष्ट नहुँदा औषधि समेत बनेका छैनन् । यद्यपि, रोग निदानका लागि अबलम्वन गरिने विधी तथा तरीका भने हुँदै नभएका हनेइनन् । यस्ता समस्या समाधानका लागि फिजियो थेरापी उपयुक्त उपचार पद्धति हो ।