बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका को वड़ा न.१६ स्थित पसाहा पुलछेउमा आज बिहान करीब १० बजे यात्रुवाहक बस दुर्घटनामा १४ जना घाइते भएका छ्न जसमा १ जना महिला को अवस्था गम्भीर रहेको छ । 

रौतहट जिल्लाको मलंगवाबाट वीरगंजका लागि छुटेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा परेको थियो । अन्य गाडीलाई ओभरटेक गरेर अगाडी जान खोज्दा सडक चिप्लो हुँदा बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको बारा ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी गराएका छ्न ।

काफ्लेका अनुसार रौतहट बस्ने अन्दाजी ४२ वर्षकी संझा देवी गम्भिर घाइते भएकी हुन् । यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य सामान्य घाइते भएका छन् । घाइतेहरुको सिमरा स्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाईते भएकी सन्झा देवी लाई पर्साको नारायणि बयोध्या अस्पतालमा रेफर गरिएको प्रवक्ताले बताएका छन् ।

 सहचालक लाइ प्रहरीले आफनो नियन्त्रणमा लिएको छ भने फरार रहेको मुख्य चालकको खोजी हुनुको साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।