२९ जेठ बीरगञ्ज -पूर्वश्रीमती आरती रावललाई जबरजस्ती करणीमा दोषी ठहर पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला गरेका  छन् ।

काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै सजाय सुनाएको हो । जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ।जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले ( आरती रावलले )पाउने छिन् ।

न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आइतबार जेठ १३ गिरीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेस तोक्न आदेश गरेका थिए उनलाई सजाय निर्धारणका लागि जेठ २८ गते फेरि अर्को सुनुवाइ हुने काठमाडौं जिल्ला अदालत बताएका थिए ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख ३ गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।

रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । विवाहपछि उनीहरुको दाम्पत्य सम्बन्ध बिग्रिएपछि आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता छ ।