वीरगन्ज महानगरपालिका वडा समितिको कार्यालय वडा नं. २ को आर्थिक सहयोग तथा महिला जागरण समुहको आयोजनामा महिलाहरुलाई सीप विकासको लागि डल तथा कुशन बनाउने तालिमको समुदघाटन वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेलीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।
३० जना प्रशिक्षार्थीहरुको सहभागीतामा आयोजना भएको उक्त तालिममा स्थानीय महिलाहरुलाई विभिन्न किसिमको कपडाको डल तथा कुसन बनाउने शिप दिइ महिलाहरू लाइ आत्मनिर्भरता गर्ने उद्देश्यले संचालन गरिएको वडा अध्यक्ष रेयाज मियाले जानकारी गराए ।
उदघाटन सत्रमा अतिथीमा वडा सदस्य बसिर मिया हजा, महिला वडा सदस्य संगिता थापा, दलित महिला वडा सदस्य रम्भा देवी, आधारभुत स्वास्थ सेवा केन्द्रका इन्चार्ज भुसन गुप्ता लगायत अन्य विभिन्न समुदाय वासिको उपस्तिथी रहेको थियो ।