सशत्र प्रहरी बल नेपाल २ नं. छिन्नमस्ता बाहिनी द्वारा मधेश प्रदेश स्थित नेपाल भारत सिमा स्तम्भहरुको मर्मत संभार तथा रंगरोघन कार्यको शुभारम्भ वीरगंज महानगरपालिकाको वडा नं. २ र वडा नं. १६ को सिमानामा पर्ने स्तम्भबाट औपचारिक रुपमा गरिएको छ ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका र भारतको रक्सौलको विचमा रहेको ३९१/४ नं. को सिमा स्तम्भको रंग रोघन गरि कार्यक्रमको शुभारम्भ गरिएको हो । मधेश प्रदेशको ८ वटै जिल्लाका सिमानाकामा पर्ने सिमा स्तम्भहरुको मर्मत तथा रंगरोघन गर्ने कार्य नेपाल र भारतले जिम्मा लिएको छ । बेजोड स्तम्भको मर्मत संभार नेपालले गर्नेछ भने जोड स्तम्भहरुको मर्मत संभार भारतले गर्ने सहमती भएको सशत्र प्रहरीका अधिकारीले जानकारी दिएका छन् ।
सिमा स्तम्भ मर्मत संभार तथा रंगरोघन कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष रेयाज मिया, वडा नं. १६ का वडा अध्यक्ष पर्सुराम चौरसिया, वडा नं. २ को वडा सदस्य बसिर मिया हजाम, सशत्र प्रहरी १३ नं. गणको गणपती कृष्ण कर्मचार्य, सोहि गणका डिएसपी संगम श्रेष्ठ, भन्सारका डिएसपी देवेन्द्र बहादुर सिंह र भारतिय सिमा सुरक्षाबलका पदाधिकारीहरु लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।