“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा तथा बिरगंज सामुदायिक आँखा अस्पतालको बिशेष सहयोगमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२ स्थित आधारभुत स्वास्थ्य केन्द्रको प्राङगणमा निःशुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।

१६० जनालाई आँखा चेकजाँच गर्दा ३० जनामा मोतिया बिन्दु भेटिएको थियो । सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख अतित्थ्यतामा र वडा समिति कार्यालय वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली , वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मिया हजाम, श्रीमती रम्भा देवी, सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामीको आतित्थ्यतामा भएको थियो ।