२८ जेठ विरगञ्ज - अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । साँफेबगर जिल्लाको नगरपालिका–१४ पातलकोट बस्ने ४१ वर्षीय पदम बोहरा सोही ठाउँस्थित विद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।