दाइजो एवम समाजिक कुरिति विरुद जागरण मंच र विरगंज कपडा बैंकको संयुक्त आयोजना तथा वडा कार्यालयको सहकार्य तथा दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा आज जगरनाथपुर गापा वडा नं. ४ सुहपुर गाउको श्री ने रा प्रा विघालयको प्रांगणमा समाजसेवी ठाकुर प्रसाद चौघरीको अघ्यक्षतामा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।

प्रमुख अतिथिमा वडा अघ्यक्ष प्रभुनाथ प्रसाद चौधरी , विशिष्ट अतिथिमा हृदय हृदयनारायण यादव,प्रेमचन्द चौघरी ,कोडनेटर संजय चौघरी त्यस्तै अतिथि मा शिवनाथ प्रसाद चौघरी,बली चौघरी,फुलकली देवी लगायतको सहभागिता रहेको थियो। 

सो शिविरबाट १२३ जनाको चेकजाँच गरिएकोमा ३३ जना मोतियाबिन्दुको बिरामी भेटिएका थिए। २२ जनालाई नि:शूल्क ड्रप पनि प्रदान गरिएको थियो।

ती मोतियाबिन्दुको बिरामीहरुलाई भोली शुक्रबार नै यहॉ बाट आफ्नै खर्चमा वीरगंज लगी कूल लागतको ६० प्रतिशतको भारी छुटका साथ औषघी लगायत शल्यक्रिया गरिने डौक्टर अर्विन्द गुप्ता ले जानकारी गराए।