श्री ताराचन्द किशनलाल आधारभुत विधालय ले  छात्रवृत्ति  वितरण  कार्यक्रम को आयोजना गरेको छ

उत्कृष्ट बिद्यार्थीहरु लाई मेडल तथा छात्रवृत्ति वितरण गरेको हो । छात्रवृत्ति  वितरण कार्यक्रमका प्रमुख अतिथि  वीरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलम ले मेडल तथा छात्रवृत्ति बिद्यार्थीहरु लाई  वितरण गर्नु भएको थियो । मन्तब्यको क्रममा उप प्रमुख आलमले आफु पनि यसै विधालयबाट शिक्षा हासिल  गरेको र यस विधालयको विकासका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो । साथै बालबालिकाहरुको उज्वल भविष्यको कामना समेत गर्नु भयो ।


विधालयमा  अध्यनरत सम्पुर्ण दलित छात्र छात्रा हरुलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको छ । यदि बिधालयमा जन शक्ति को आभव भयो भने थप शिक्षक हरु लाई दरबन्दी को बेवास्ता मिलाउने र आवस्यकता अनुसार बिधालय लाई आवस्यक सामान हरु पुर्ती गर्ने, बिद्यार्थी हरु लाई खेलकुद का समाग्री देखि लिएर छमता बिकास का लागि चाहिने हरेक समान उपलब्ध गराउने प्रतिबद्ता समेत गर्नु भयो

कार्यक्रममा  वडा नं. २ का वडा अध्यक्ष महमदर रेयाज मिया, वडा सदस्य अब्दुल लतिफ अंसारी, बसिर मिया हजाम  बिधालय का प्र.अ.शिक्षक शिक्षिका, स्थानीय बासी  लगायतका सहभागिता रहेको थियो । बिरगंज महानगर पालिका का उप प्रमुख को प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो