श्री ताराचन्द किशनलाल आधारभुत विधालय ले  छात्रवृत्ति  वितरण  कार्यक्रम को आयोजना गरेको छ ।

उत्कृष्ट बिद्यार्थीहरु लाई मेडल तथा छात्रवृत्ति वितरण गरेको हो । छात्रवृत्ति  वितरण कार्यक्रमका प्रमुख अतिथि  वीरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलम ले मेडल तथा छात्रवृत्ति बिद्यार्थीहरु लाई  वितरण गर्नु भएको थियो । मन्तब्यको क्रममा उप प्रमुख आलमले आफु पनि यसै विधालयबाट शिक्षा हासिल  गरेको र यस विधालयको विकासका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो । साथै बालबालिकाहरुको उज्वल भविष्यको कामना समेत गर्नु भयो ।


विधालयमा  अध्यनरत सम्पुर्ण दलित छात्र छात्रा हरुलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको छ । यदि बिधालयमा जन शक्ति को आभव भयो भने थप शिक्षक हरु लाई दरबन्दी को बेवास्ता मिलाउने र आवस्यकता अनुसार बिधालय लाई आवस्यक सामान हरु पुर्ती गर्ने, बिद्यार्थी हरु लाई खेलकुद का समाग्री देखि लिएर छमता बिकास का लागि चाहिने हरेक समान उपलब्ध गराउने प्रतिबद्ता समेत गर्नु भयो ।

कार्यक्रममा  वडा नं. २ का वडा अध्यक्ष महमदर रेयाज मिया, वडा सदस्य अब्दुल लतिफ अंसारी, बसिर मिया हजाम  बिधालय का प्र.अ.शिक्षक शिक्षिका, स्थानीय बासी  लगायतका सहभागिता रहेको थियो । बिरगंज महानगर पालिका का उप प्रमुख को प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो ।