२० पुष वीरगञ्ज -पर्साको कालिकामाई गाउँपालिकाको सहकार्यमा कालिकामाई युवा समाजले आयोजना गरेको दहेज बहिस्कार अभियान अन्तर्गत सांस्कृतिक जनचेतनामुलक कार्यक्रम हिजो सम्पन्न भएको छ!

उक्त कार्यक्रमको प्रमुख अतिथि रहनुभएका ऊर्जा,सिंचाई तथा खाने पानी मन्त्रालय मधेश प्रदेशको पूर्व मन्त्री सिंगासन साह कलवार ज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गर्दै मधेश प्रदेशमा विकराल रूपमा फैलिएको दहेज प्रथाको कारण समाजमा छोरीहरूले भोग्नुपरेको पिडालाई वर्णन गर्दै यसलाई हटाउन बिहेमा हुने फजुलका खर्चहरुमा नियुनिकरण गर्न आवश्यक रहेको बताउँदै यस्तो जनचेतनामुलक कार्यक्रम आयोजना गरेकोले आयोजकलाई धन्यबाद ज्ञापन गर्नु भयो ।


कार्यक्रमको अध्यक्षता गर्नुभएका कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियाले आफूहरु विगतको एक वर्ष देखि दहेज बहिस्कार अभियान संचालन गरी जनचेतनामुलक कार्यक्रमहरु गर्नुका साथै बिना दाइजो बिहे गर्नेलाई ठूलो मञ्चको आयोजना गरी सम्मानित गर्दै आएको भन्दै युवा समाजले सधैं समाज भित्रको कुरीति र विकृति विरुद्ध चेतना फैलाउनुका साथै सामाजिक कार्यमा सक्रिय रहेको मन्तब्य ब्यक्त व्यक्त गर्दै यसले समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधलाई मलजल गरिरहेको छ। दिनहुँजस्तो हाम्रो समाजमा हुने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटना यसका ज्वलन्त प्रमाण रहेको उहाँले बताउनुभयो।


विवाहलाई हाम्रो समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेको छ। यसलाई पुण्य साइत निकालेर गरिन्छ। यो मान्यताभित्र दाइजो दिनुपर्छ भन्नेबारे कहीँ कतै पनि उल्लेख छैन। तथापि एक पवित्र विवाह मण्डप दाइजोका लागि राखिएका रंगीचंगी भौतिक सामग्रीले भरिएको हुन्छ।विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामान नै दाइजो हो। सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामान, जस्तै– फर्निचर, कपडा जस्ता सामग्री दाइजो दिइन्छ। सुन/चाँदी, हिरा/मोतीका महँगा गरगहना पनि दाइजोमा पर्छन्। समयक्रमसँगै आधुनिक सुविधाका सामग्री, जस्तै– टिभी, मोटरसाइकल, कम्प्युटर, कार जस्ता सामग्री पनि दाइजोका रूपमा दिइने गरेको पाइन्छ।


दाइजो प्रथा यसरी विकराल बनिरहनुमा अशिक्षा, परम्परागत सामाजिक संस्कार, अन्धविश्वास, बालविवाह, बेरोजगारी, लैङ्गिक असमानता तथा विभेद जस्ता कारण जिम्मेवार छन् । वास्तवमा विवाह भनेको कुनै कारोबार तथा लेनदेनको विषय होइन । यसलाई बेहुला पक्षले पैसा कमाउने तथा सम्पत्ति आर्जन गर्ने अवसरका रूपमा लिइनु हुँदैन ।

कालिकामाई गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार ज्यूको विशिष्ट कुमार ज्यूको अतिथित्वमा भएको कार्यक्रममा श्री जनता मा.बि मुडली,श्री सुकई साह मा.बि भेडिहारी,श्री कालिका कन्या आ.बि भेडिहारी,दिव्य कन्या मा.बि विरञ्चिबर्व र श्री ने.रा.मा.बि. कट्टिबलुवा लगायतका पाँच वटा विद्यालयका विद्यार्थीहरु सहभागी भई नाटक प्रस्तुत,संगीत प्रस्तुत, तथा दहेज मुक्त समाज हाम्रो सपना शीर्षकमा विद्यार्थीहरुले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

पहिला नपढेको मानिसहरूमा यो समस्या देखिन्थ्यो भने अहिले को वर्तमान अवस्थामा क्षित केटा र केटीहरूबीच विवाह गर्दा पनि दाइजो लिने र दिने क्रम एकदमै बढ्दै गएको छ ।आजको एक्काइसौँ शताब्दीमा पनि हाम्रो देशका महिला दाइजो, बोक्सी, छाउपडी, झुमा, देउकी, बहुपत्नी लगायतका कुप्रथा तथा अन्धविश्वासीबाट घरेलु हिंसा, यौनजन्य हिंसा तथा बलात्कारका साथै शारीरिक तथा मानसिक हिंसाको सिकार भइरहेका छन् ।जसले गर्दा नेपाली नारीहरुलाई सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित गरिरहेको छ ।

उक्त कार्यक्रममा नाटक प्रतियोगितामा श्री ने.रा.मा.बि प्रथम,श्री जनता मा.बि दृत्तिय,श्री कालिका कन्या आ.बि तृतीय र श्री सुकई साह मा.बि सान्तवना,भाषण प्रतियोगितामा श्री दिव्य कन्या मा बि को सुरभि शर्मा प्रथम,जनता मा .बि को सिम्रन प्रविन दृत्तिय,दिव्य कन्या मा.बि को रेहाना खातुन तृतीय स्थान प्राप्त गरेका थिए भने गीत तथा संगीत प्रतियोगितामा श्री दिव्य कन्या मा.बि को छात्राहरुले प्रथम पुरस्कार प्राप्त गर्न सफल भए ।

युवा समाजले आयोजना गरेको कार्यक्रममा वडा नं ५ विरञ्चिबरेको वडा अध्यक्ष जयनारायण कुर्मी,कालिका टाइम्स्को प्रबंधक/ निर्देशक छठु साह लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए भने लोक भोजपुरी गायक अनिल बर्मा ज्यूले आफ्नो सांगीतको माध्यमबाट दाइजो लिनु र दिनु दुईटै अपराध हो भन्ने कुरा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं ४ को वडा अध्यक्ष संजय साह,कालिकामाई युवा समाजको बरिष्ट उपाध्यक्ष आकाश महतो,उपाध्यक्ष भरत साह तेली,महा सचिव विशाल कुशवाहा,सचिव विकास पटेल,पुर्ब कोषाध्यक्ष बुलेट तिवारी,कोषाध्यक्ष चन्द्रशेखर पटेल.सदस्यहरू सहजाद आलम,मोहन महतो,रमेश चौरसिया,सुदिप चौरसिया लगायत शिक्षक,विद्यार्थी,अभिभावक, सञ्चारकर्मी,जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।