१४ माघ बीरगंज - ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल सम्मानित हुनुभएको छ।
२०८१ माघ १३ गते आइतबारको दिन बीरगंज भन्सार कार्यालयद्वारा आइसिपीको मुख्य भवनमा आयोजित कार्यक्रममा डीएसपी सुरज रिजाललाई उनको नेतृत्व क्षमता, सीमा सुरक्षा सुदृढीकरण, र सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा गरेको अनुकरणीय कार्यको उच्च मुल्याङ्कन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा पनि Best Integrity Officer-Award प्रदान गरिएको छ ।
नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजमा २०८० चैत ७ गतेदेखि ( डिएसपी ) रिजालले आफ्नो कार्यभार सम्हालेका थिए। आएको दिनदेखि डिएसपी रिजालले सीमालाई अवैध हातहतियार , लागुऔषध, प्रतिबन्धित व्यक्तिहरुलाई प्रतिबन्ध लगाउन तथा देशलाई आर्थिक समृद्धिमा वृद्धि गर्न र देशको राष्ट्रियता सार्वभौमसत्ता जोगाउन हरबखत तत्पर रहेका थिए । नेपाल - भारत खुल्ला सिमानाका भएको कारणले धेरै चुनौतीहरूका सामना पनि गर्नुपरेको थियो। आर्थिक नगरी बीरगंज भारतको रक्सौल संग जोडिएको को कारण भन्सार छली अवैध तरिकाले तस्करी गर्नेहरूको पनि कमी थिएन।अवैध कारोबारमा संलग्न रहेका तस्करहरूको (नानीको सानैदेखि लागेको बानी )जस्तो थियो।तर हिन्दी फिल्म ( सिंघम ) को अजय देवगन को संज्ञा दिदै हरेक चुनौतीको सामना गर्दै उनले अवैध तस्करी,मानव बेचबिखन,अपराधिक क्रियाकलाप,हातहतियार ओसारपोसार नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्नुभयो।उनको फरक कार्यशैली,हसिलो मुहार र सीमा सुरक्षा प्रति उनको इमान्दारिताले ( सिंघम रिजाल ) को नामले उनी चर्चामा रहिरहे । हुन त पर्साको बीरगंज भन्सारमा सशस्त्र प्रहरी नायब उपरिक्षकका पदमा धेरै ( डिएसपी ) हरु आए तर डिएसपी रिजालले आफ्नो कार्य क्षमताले थप ३ महिनाको कार्यभार प्राप्त गर्दै २०८१ पुष ५ गते सम्म नौ महिनाको कार्यकालमा करिब २४ करोड रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरी तस्करी नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल गर्दै सशस्त्र प्रहरी बलहरूका लागि उदाहरण बन्न पुगेका छन्। डिएसपी रिजल पुष ५ गते सरुवा भई हाल जनकपुरको महिनाथपुर ट्रान्सफरपछि पनि उहाँको योगदानलाई स्मरण गर्दै उहाँलाई विशेष रुपमा सम्मान गरिएको हो ।
डिएसपी रिजाल बहुप्रतिभाशाली व्यक्ति हुन्।डिएसपी रिजाल एउटा साहित्य प्रेमी , गजलकारका साथै आफ्नो गायन प्रस्तुतिले सदैव आफ्ना साथीहरू बाट निकै प्रशंसा बटुलेका छन्।राज्यले दिएको सशस्त्र प्रहरी बल को जिम्मेवारी सीमा सुरक्षा जस्ता संवेदनशील जिम्मेवारीका साथै सशस्त्र सङ्घर्ष, पृथकतावादी गतिविधि र आतङ्ककारी गतिविधि नियन्त्रण, हुलदङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षालगायत जिम्मेवारी पूर्ण रूपले इमान्दारितापूर्वक निभाउँदै आफ्नो हसिलो मुहार र मिलनसार व्यवहारले सबैको मन जित्न सफल भएका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा डीएसपी रिजाललाई प्रशंसा पत्र प्रदान गरियो । कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको विशिष्ट आतिथ्य र वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेको उपस्थिति रहेको थियो ।
यस कार्यक्रमका प्रमुख अतिथि गणेश अर्यालले सुरज रिजालको नेतृत्वमा सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा कानूनी शासन र शान्ति कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरे । “ट्रान्सफरपछि पनि उहाँलाई बोलाएर सम्मान गर्नुको कारण उहाँको अनुकरणीय योगदान हो, जसले सशस्त्र प्रहरी बललाई अझ प्रेरित बनाएको छ,” अर्यालले भने ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि डीएसपी रिजालको योगदानको कदर गर्दै उहाँको कार्यशैलीले भन्सार क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणमा उदाहरणीय सफलता प्राप्त भएको बताए ।
भन्सार प्रमुख दीपक लामिछानेले सुरज रिजालको भन्सार प्रशासनसँगको समन्वय र नेतृत्व क्षमताको उच्च प्रशंसा गर्दै उहाँको योगदानले सशस्त्र प्रहरी बल र भन्सार प्रशासनबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको धारणा व्यक्त गरे ।
डीएसपी रिजालले सीमा सुरक्षामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै कार्यक्रममा उहाँलाई प्रशंसा-पत्र प्रदान गर्नुका साथै उहाँको कार्यशैली र नेतृत्वले अन्य सुरक्षाकर्मीहरूलाई पनि उत्प्रेरित गरेको कार्यक्रम आयोजकहरूले बताए ।अन्तर्राष्ट्रिय भन्सार दिवसको यो अवसरले सीमा सुरक्षामा थप जिम्मेवारी र प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन् ।