२१ साउन बीरगञ्ज -  सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाल सुधार गृह बिर्ता वडा नम्बर ४ पर्साको प्राङ्गणमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, नेशनल मेडिकल कलेज बिरगंज पर्सा, सामुदायिक आँखा अस्पताल बिरगंज पर्सा र रँगुटा वेलफेयर सोसाइटी बिरगंज पर्साको सँयुक्त आयोजनामा घुम्ती स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न भएको छ।


घुम्ती स्वास्थ्य शिविर एक विशेष प्रकारको अस्थायी स्वास्थ्य सेवाहरु प्रदान गर्नका लागि आयोजना गर्ने स्वास्थ्य कार्यक्रम हो ।

घुम्ती शिविरले उपचारमा भएका अन्तरालहरूलाई कम गर्न मद्दत गर्दछ, जसले बिरामीहरूले चाँडै र सजिलोसँग उपचार प्राप्त गर्न सक्छन् । घुम्ति शिविरहरूले रोगको समयमै पहिचान र त्यसको उपचारमा मद्दत गर्दछन् । यसले गम्भीर स्वास्थ्य समस्याहरूको अग्रिम निदान गर्ने र समयमै उपचार शुरु गर्ने क्षमता प्रदान गर्दछ ।


उक्त कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ज्यु र यस ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान ज्युको अध्यक्षतामा सुरक्षा निकाय तथा बिभिन्न निकायका पदाधिकारी ज्युहरुको उपस्थितीमा १२५ जाना थुनुवा कैदीहरुलाई उपचार गरी कार्यक्रम सु-सम्पन्न गरियो।

उपस्थित तथा सहभागिता:-

१) प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ज्यु ।

२) प्रहरी उपरीक्षक कुमोध ढुंगेल ज्यु जिल्ला प्रहरी कार्यालय पर्सा ।

३) प्रहरी निरीक्षक पुष्कर बोगटी ज्यु वडा प्रहरी कार्यालय बिर्ता पर्सा ।

४) प्रहरी निरीक्षक निता थापा ज्यु जिल्ला प्रहरी कार्यालय पर्सा ।

५) अध्यक्ष जयप्रकाश खेतान ज्यु ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ।

६) डाइरेक्टर डा इसरत जहान - नेशनल मेडिकल कलेज बिरगंज।

७) सुस्मा शर्मा ज्यु जिल्ला अदालत बिरगंज पर्सा। 

८) डा महेश सिंह धामी ज्यु सामुदायिक आँखा अस्पताल बिरगंज पर्सा ।

९) डा एम डि असफाक अन्सारी नेशनल मेडिकल कलेज बिरगंज पर्सा ‌।

१०) डा सुधाकर झा नेशनल मेडिकल कलेज बिरगंज पर्सा।

११) मेटरन बिकास कुमार गुप्ता नेशनल मेडिकल कलेज बिरगंज पर्सा।

१२) प्रबह बिबेक राउत कुर्मी ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर

 ईन्चार्ज।

१३) प्रज अम्मर सिंह साउद