वीरगंज : वीरगंजको मुख्य नाका बाट काजु, कपडा, हार्डवेयरका सामाग्रीहरू तस्करहरुले राजस्व छली गरी खुलेआम तस्करी गर्दै आएका छन् ।
वीरगंज भन्सार सशत्र प्रहरीका डिएसपी देवेन्द्र बहादुर सिंह ले तस्करहरुसंग मोटो रकम असुली वीरगंजको मुख्य नाका तथा भन्सार पछाडी रहेको बास भाङ्गबाट अबैध तरिकाले विभिन्न सामाग्रीहरूको तस्करी गर्न छुट दिएका छन् । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीको संरक्षणमा दिनदिनै लाखौंको तस्करी भईरहेको स्थानीयले बताएका छन् ।
सीमानाकाबाट हुने चोरी तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले नै जब तस्करलाई संरक्षण गरि अबैध कारोबार गर्न सघाएपछि सरकारले उठाउने राजश्व छली नहुने कुरै छैन् । त्यसमा सशस्त्र प्रहरीका डिएसपी देवेन्द्र बहादुर सिंह सहित उनका टोलीको मिलोमतो रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सो नाकाको प्रयोग गरि अहिले व्यापक रुपमा काजु, कपडा, हार्डवेयर सामग्रीको तस्करी लगायत हुण्डी कारोबार पनि फस्टाएको जनाईएको छ ।
प्रहरीहरुले घरायसि उपयोगको लागी ल्याएको सामानमा धेरै कडाइ गर्ने र तस्करहरुको मालसामान लाइ पैसा लिइ चेकजांच नै नगरि हेर्दै नहेरेको जस्तो गर्ने स्थानिय ले गुनासो समेत पोखेका छन् । साथै प्रमाण सहितको भिडियो समेत प्राप्त भएको छ।