सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नं.२ छपकैया स्थित महिला बालबालिका तथा जेष्ट नागरिक बिरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा बीरगंज महानगरपालीकाका उपप्रमुख ईम्तियाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । जेष्‍ठ नागरिकहरुलाई तिनकै सन्तानले दुःख तथा यातना दिने जस्ता घटनाहरु र जेष्ठ नागरिक विरुध हुने अपरध र हिंसा लाई रोकन जन्चेतन को आवश्यकता छ। हाम्रो समाज मा बुढापाखा हरु लाई हेल्ना गर्ने आदर सम्मान न दिने देखिएको छ। येस्ता गर्ने हरु लाई कानुन को दाएरा मा ल्याएर कानुन बमोजिम कार्वाही गर्नु पर्छ । जेष्ठ नागरिक लाइ आदर, सम्मान गर्न आग्रह समेत गरेका थिए ।

बडा समितिको कार्यालय बडा नं.२ का बडा अध्यक्ष महमद रेयाज मिया तेलीको बिशिष्ट आतिथ्यतामा, जेष्ट नागरिक समाजका अध्यक्ष जगदिश शर्मा, जेष्ट नागरिक समाजका सदस्य लाल बाबु खान, जिल्ला प्रहरी कार्यालय पर्साका प्र.नि. मनिषा लौडारी, बडा प्रहरी कार्यालय बिर्ताका प्र.ब.ना.नि.समर गुरुङगे, ईलाका प्रहरी कार्यालय छपकैयाका प्र.ना.नि. तेज प्रताप सिंह, माईती नेपालका गोमा पौडेल, आतिथ्यमा, बडा सदस्य बसिर मिया हजाम, अब्दुल लतिप अन्सारी, महिला बडा सदस्य संगिता थापा, दलित महिला सदस्य रम्भा देवी लगायतकाहरुको उपस्थित रहेको थियो ।