अन्तरास्ट्रिय अवार्डबाट मधेस प्रदेशका चार जना पत्रकार सम्मानित भएका छन । रास्ट्रिय नेवार पत्रकार मंचले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरि सार्क अन्तर्गत रहेका भारत, भुटान, बङ्गलादेश र नेपालका पत्रकारहरूलाइ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।
पर्साबाट महमद सदाब, दिपेन्द्र प्रजापति बारा जिल्लाबाट उमेश दुबे र त्यसैगरी रौतहटबाट पुजा कुमारी जयसवाललाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।
कार्यक्रममा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, भक्तपुर उपमहानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।