जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार भोलि असोज १६ गतेदेखि दिउँसो वाग्मती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा एवं भोली राती कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान छ। यो वर्षा असोज १८ गतेसम्म रहने सम्भावना छ ।
असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै रहेकोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौले जनाएको छ ।
यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको वेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नुहुन र नदी किनाराका वस्तीमा एक्कासी वाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुहुन एवं पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुनु सबैमा आग्रह समेत गरेको छ ।
जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका वासिन्दाहरूले तदनुरुप सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ ।