वीरगञ्ज, पर्सा, मंसिर ११ गते मंगलबार,

बीरगंज, पर्सासामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र, ग्रिन सिटीको आयोजनामा पर्सामा सरुवा भई आएका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साललाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष खेतान एवम् ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा आजीवन सदस्यहरूले फुलको गुच्छा, माला र मायाको चिनो प्रदान गरी जिल्ला प्रहरी कार्यालय, पर्सामा सरुवा भई आएका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साललाई भव्य स्वागत गरेका थिए।

उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा विभिन्न संघसंस्थाका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले डीएसपी लम्साललाई सहकार्यका लागि शुभकामना व्यक्त गरे।

स्वागत कार्यक्रममा डीएसपी लम्सालले सामुदायिक प्रहरी र स्थानीय समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै अपराध नियन्त्रण र जनसुरक्षाका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।