कलैया उपमहानगरपालिका वडा नं. ३ स्थित श्री सिध्देश्वरनाथ महादेव मन्दिर छेउमा रहेको दलित धर्मशालामा शहरी गरिबी निवारण मंचको सभाहलमा कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

लुमन्ती आवासको लागि सहयोग समूह, दिप शिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शहरी गरिबी निवारण मंच को संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो कार्यक्रम लुमन्ती कलैयाका कार्य छेत्र संयोजक अब्दुल कैशको अध्यक्षतामा तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साहको प्रमुख आतिथ्यता र उप प्रमुख रौषण प्रविन को विशिष्ठ आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

सो कार्यक्रममा कलैया उपमहानगरपालिकाकाका विभिन्न१५ वटा वडाहरुको३१ वटा समुदायमा लुमन्तिको कार्यक्षेत्र रहेको हुनाले तिनै१५ वटा वडाका जननिर्वाचित पदाधिकारीहरूलाई तिनै संस्थाका अध्यक्ष तथा प्रमुखहरुले गम्छा तथा माला लगाएर बधाई तथा सम्मान गरेका थिए । सो कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, मंचका अध्यक्ष रबिन्द्र प्रसाद साह, सहकारीका पदाधिकारीहरू तथा सदस्यहरू, मंचका पदाधिकारीहरू तथा सदस्यहसदस्यहरु, लगायतको सहभागिता रहेको थियो।

सो कार्यक्रममा स्वागत मन्तव्य लुमन्तीका सामुदायिक सहजकर्ता अनिल मण्डलको रहेको थियो भने संचालन सामुदायिक सहजकर्ता सूर्य राज पासवानको रहेको थियो।