सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनहरूलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सु–सूचित गर्न गराउनुहुन तथा उपरोक्त बमोजिम बाहेकका सरकारी सवारी साधन बिदाका दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य रुपमा सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागु गर्नु गराउनुहुन अनुरोध गरीएको छ ।