स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहायोमा एवं माण्डबीको सहजीकरणमा निर्वाचित महिला प्रतिनिधीहरुको लागि प्रारम्भिक प्रशिक्षण दोश्रो मोडयुल ४ दिने तालिम महागढीमाई नगरपालिकामा आज समपन्न भएकोछ ।
सो तालिम २०७९ श्रावण ३ गते देखी ६ गते सम्म आयोजना गरिएको थियो । यस ४ दिने तालिममा यस नगरपालिका भित्र रहेका ११ वडा अन्तर्गत २२ जना निर्वाचित महिला सदस्हरुको सहभागिता रहेको थियो ।
स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउनको लागि यस तालिमको आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजुकुमार साहले उदघाटन शत्रमा आफनो मन्तब्य राख्दै बताएका थिए।

तालिममा स्वागत मन्तबय प्रशासक सहायक सुप्रिया चौधरीको रहेको थियो । प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिलाले राजनीतिक , आर्थिक सामाजिक विकास सहभागिता तथा निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित, आत्म विश्वास बढाउने, निर्वाचन पश्चात वडा भित्र वहन गर्नु पर्ने जिम्मेवारीहरु, स्थानिय शासन र स्थानिय तहमा निर्वाचित प्रतिनिधीको भुमिका सरोकारवाहरुसँग सहकार्य गर्ने विषयमा यस तालिम अवधि भित्र जानकारी गराउनु पर्ने प्रशिक्षक नेक महमद हुसैन र निभा सिंहले बताएका थिए ।