प्रगति एडुकेशन सेन्टर र प्रारूप एडुकेशन फाउण्डेशन को संयुक्त आयोजनमा SEE दिएर दुई वटै इन्स्टिच्युट मा ब्रिज कोर्ष, CTEVT को तैयारी कक्षा, English language तथा computer कोर्ष गरिरहेका विद्यार्थीहको लागि welcome and career counselling program सफलताको साथ सुसम्पन्न गरेको छ।

कार्यक्रमको सभापतित्व प्रगति एडुकेशन सेन्टर का डाइरेक्टर वसिम हुसैन, प्रमुख आतिथ्य नव निर्वाचित उप- मेयर इम्तियाज आलम, विशिष्ट अतिथिहरुमा वडा न. ८ का नव निर्वाचित वडा अध्यक्ष जवाहर गुप्ता, अल्पाइन +२ ( विज्ञान) का डाइरेक्टर बिनोद उपाध्याय, एक्सेल कलेजका डाइरेक्टर तथा प्रिन्सिपल सुमन श्रेष्ठ, नियमित खबरका संचालक संजय कुशवाहा लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।
career counsellig कार्यक्रम को प्रशिक्षण प्रगति एडुकेशन सेन्टरका Director वसिम हुसेन ले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य प्रारूप एडुकेशन फाउण्डेशन का Director दिलिप कुमार पंडित ले गर्नु भएको थियो।