कलैया उपमहानगरपालिका वडा नं. ३ स्थित रहेको शहरी गरिवी निवारण मंचको सभाहलमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
सो कार्यक्रम मंचको आयोजना तथा लुमन्ति आवासको लागि सहयोग समूहको सहयोगमा सञ्चालन गरिएको थियो।
सो कार्यक्रम मंचका अध्यक्ष रबिन्द्र प्रसाद साहको अध्यक्षतामा तथा लुमन्तिका सूचना तथा अभिलेख व्यवस्थापन संयोजक अन्नतराज बज्रचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो।
सो छलफल तथा अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि बज्रचार्य, लुमन्ति कलैयाका कार्यक्षेत्र संयोजक अब्दुल कैश, सामुदायिक सहजकर्ता अनिल मण्डल, सामुदायिक सहजकर्ता सूर्यराज पासवानले मंचका सदस्यहरुसंग आफ्नो व्यक्तिगत विकास कसरी गर्ने, संस्थागत क्षमतामा विकास कसरी गर्ने, आफ्नो समुदाय र शहरमा व्यवस्थित र सफा राख्न आफ्नो भूमिका कसरी निर्वाह गर्ने लगायतको विषयवस्तहरुमा छलफल तथा अन्तर्क्रिया गरेका थिए।

सो कार्यक्रममा लुमन्तिकी लेखापाल नितु मण्डल, इन्जिनियर विवेक तिवारी, सामुदायिक सहजकर्ताहरु सरीता कुशवाहा, अजय यादव, मंचकी कोषाध्यक्ष सबिता पासवान, सदस्यहरू अजय राम, दिपेन्द्र पासवान, संदिपा पासवान, राम विनय हजरा, अराधना सर्राफ, दिपनारायण प्रसाद साह, लगायतको सदस्यहरूको सहभागिता रहेको थियो।
सो कार्यक्रममा संचालन मंचका कार्यक्रम संयोजक शिवनाथ रामको रहेको थियो।