विराटनगरस्थित कान्तिपुर पब्लिकेसन्सको क्षेत्रीय कार्यालयमा कार्यरत सुरक्षा गार्ड बुधबार विहान कार्यालयमै मृत अवस्थामा भेटिएका छन् ।
सुरक्षा गार्ड सुन्दरहरैँचा नगरपालिका–९ का वासिन्दा बलबहादुर बस्नेत सेक्युरिटी गार्डको क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको बुधबार बिहान ११ बजे घटनाबारे जानकारी भएको मोरङका प्रहरीलाई बताउँछन् ।
पालो दिन गएका अर्का सुरक्षागार्ड पुग्दा ढोका नखुलेपछि उनले आफूले पर्खाल नाघेर हेर्दा घटनाबारे थाहा पाएको र लगत्तै प्रहरीलाई खबर गरेको बताएका छन् । प्रहरीले आफन्तको रोहवरमा अहिले ढोका खोलेर मुचुल्का तयार पारिरहेको छ ।