रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको भैंसही टोल स्थित रहेका घर भित्र लुकाइएका लागुऔषध गाँजा सहित ६३ बर्षिय पासवानलाई रौतहट प्रहरीले शुक्रवार विहान नियन्त्रणमा लिएको छ ।
गौर जिल्ला प्रहरी कार्यालयमा प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दुधियवाबाट खटि गएको संयुक्त गस्ती टोलीले बारा जिल्ला घर भई हाल रौतहटको फतुवाविजयपुर नगरपालिका वडा नम्वर ११ भैंसही टोल बस्ने ६३ बर्षिय दयालाल पैसवानले घरमा लुकाई छिपाई राखेको अवस्थामा साढे १७ किलो प्रतिबन्धित लागुऔषध गाँजा सहित पक्राउ गर्न सफल भएका हुन् ।
नियन्त्रणमा लिइएका गाँजा सहित पासवानलाई इलाका प्रहरी कार्यालय लक्ष्मिनियामा राखेर लागुऔषध कसुर शिर्षकमा मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।