पैदल यात्री शेष मुन्नाले साउन २१ गते शनिबारका दिन वीरगंज देखी भारतको दिल्लि सम्म पैदल यात्रा तय गरेका थिए । विभिन्न बाधा व्यवधान को बावजुद पनि आफ्नो यात्रालाई निरन्तरता दिदै आफनो गन्तव्य को नजिक पुग्न केवल ९४ कि.मि. मात्र बाकि रहेको बताएका छन् ।
वीरगञ्ज देखि भारतको राजधानी दिल्लीसम्म पैदल यात्रामा निस्किएका छपकैयाँका शेष मुन्ना २० औँ दिन सम्ममा उत्तर प्रदेशको बीचघाट पुगेका छन् । बाकि रहेको ९४ किमि ४ दिनमा सजिलै पुरा गर्ने मुन्नाले बताएका छन् ।