मधेस प्रदेशकै शानको रुपमा रहेको पहिलो सुविधा सम्पन्न स्काइलाइन मल
मधेस प्रदेशकै शानको रुपमा रहेको पहिलो सुविधा सम्पन्न मल पर्सा बीरगंज महानगरपालिकाको अलखिया मठ नजिक रहेको छ । स्काइलाइन नाम रहेको मधेस प्रदेशकै पहिलो र एक मात्र क्युएफएक्ससँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सहित मल सञ्चालनमा ल्याइएको छ ।
काठमाडौँ, पोखरा लगायत नेपलका बिभिन्न शहरमा पहिला देखिनै क्युएफएक्स संचालनमा थियो भने मधेस प्रदेश वीरगंजको स्काइलाइन मलमा पनि संचालन भइ रहेको छ र दर्शकहरु पनि राम्रो बातावरणमा सिनेमा हेर्न रुचाइएको देखिन्छ ।
बीरगंज शहर भारतको सिमाना नजिक भएको कारणले भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्ने उदेश्यले मलमा रिटेल स्टोर, पार्टीफङ्सन आयोजना गर्नका लागि ब्यान्क्यूट हल, अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, स्विमिङ पुल, रूफटप रेस्टुराँ लगायतको सुविधा सम्पन्न मल बनाइएको हो ।
क्यूएफएक्समा बिभिन्न नेपाली, हिन्दी र अग्रेजी सिनेमाहरु प्रदर्शन भइरहेका छन् । हलमा तिन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू छन् । जहाँ एकै पटक तिन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सख्या रहेको हलको दुई वटा अडीटोरियममा रिक्लाइनर सिट पनि छ । नर्मल सिटको साढे ३ सय र रिक्लाइनर सिट(सुतेर हेर्न सकिने) को साढे ८ सय टिकट राखिएको छ ।
मधेश प्रदेशको बिरगंजमा मलमा रहेको KFC, पिज्जा हट र आइसक्रिम को मज्जा लिनका लागी सिनेमा हेर्न आउने दर्शकहरुको साथै अन्य ब्यक्तिहरुको दिनहु घुइचो लाग्ने देखिएको छ ।