आदिवासी, जनजाति तथा पिछडावर्गहरुको एक महिने शिपमुलक डल तथा कुशन बनाउने तालिमको समुदघाटन वीरगंज महानगरपालिकाका नगर उप प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा तथा ग्लोबल फाउण्डेशन नेपाल को कार्यकारी निर्देशन अवधेश प्रसाद साहको सभापतित्वमा सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिकाको सहयोग तथा ग्लोबल फाउण्डेशन नेपाल प्रा.लि को आयोजनामा सम्पन्न भएको डल तथा कुशन बनाउने तालिम मार्फत गृहिणी महिला तथा किशोरीहरुलाई घरमै बसि आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले संचालन भएको हो । कार्यक्रममा प्रमुख अतिथी इम्तियाज आलमले मन्तब्यको क्रममा सहभागीहरुलाई शिप आर्जन गरि यसलाई आमदानीको श्रोत बनाउन आग्रह गर्नुको साथै अगामि दिनहरुमा यस्ता शिप मुलुक तालिमहरु विभिन्न समुदायहरुमा ल्याउने प्रतिबद्धता समेत गर्नु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया, अतिथीहरुमा वडा सदस्य अब्दुल लतिफ अंसारी, बसीर मिया हजाम, संगीता थापा भुजेल, रम्भा देवी, समाजिक विकास महाशाखा प्रमुख राजिव गिरी, प्रशिक्षक मन्जु यादव लगायत आयोजक संस्थाका पदाधिकारीहरुको उपस्तिथी रहेको थियो भने कार्यक्रम संचालन अफरोज आलमले गरेका थिए ।