रौतहट जिल्लाको चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। पच्छीम बाट पुर्व जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा चन्द्रपुर १ का बिमला कुमारीको मृत्यु भएको हो ।

ट्रकले पहिला ठक्कर मात्र दिएको र जानी जानि गाडी पछाडी गरेर मारेको भन्दै स्थानीयले ट्रक मा आगजनी गरेका हुन।

ट्रकका चालक फरार रहेकाछन भने सहचालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ।आगजनी भएको ट्रकको आगो निभाउन आएको चन्द्रपुर नगरपालिकाको वरुणयन्त्रमा समेत टोडफोड गरिएको छ । पुर्व पच्छिम राजमार्ग अवरुद्ध छ भने स्थानीय आन्दोलित भएका छन।