सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको छ ।
विमानस्थल स्रोतका अनुसार उक्त जहाज
उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । उक्त जहाज काठमाडौंबाट
पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको सूचना आएको छ ।
जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ । विमानमा
लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको ठुलो टोली खटिएको छ ।
थप विवरण आउन बाँकी ।