६ मसिंर,पर्सा - रौतहटको चन्द्रपुर नगरपालिका–४ अन्तर्गत देउराली चोकमा सशस्त्र प्रहरी बल नेपालले देखाएको सतर्कता, संवेदनशीलता र पेशागत दक्षता का कारण पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले प्राप्त विशेष सूचनाका आधारमा छिटो, संयमित र योजनाबद्ध ढंगले दुई स्वचालित पेस्तोलसहित बाराको निजगढ–६ का २२ वर्षीय सुमन आचार्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका हुन् ।
सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको हो ।यी सामाग्री खुलेआम शहरभित्र चलायमान हुनु नै ठूलो सुरक्षा चुनौती हुने परिप्रेक्ष्यमा सशस्त्र प्रहरीको यो कदमलाई स्थानीयले उच्च प्रशंसा गरेका छन्।बरामद पेस्तोल तथा अन्य सामानसहित उनलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
सशस्त्र प्रहरी बलले गरेको यो सफल कारबाही सिर्फ एक अपराध नियन्त्रण मात्र होइन,सम्पूर्ण समुदायलाई सुरक्षा–विश्वास दिलाउने उदाहरणीय कदम बनेको छ।