७ असार बीरगञ्ज -रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा ईलाकाबाट  असार ६ गते १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।

नियन्त्रणमा लिईएका व्यक्ति भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ बर्षिय युवक रहेका छन् । उनलाई बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको हो ।