देशैभर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आज एकै चरणमा सकिएको छ । तर, यो निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक देखिएन । ६० प्रतिशत जती मात्र मत खसेको अनुमान गरिएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान देशका केही ठाउँमा भएका झडपबाहेक अधिकांस मतदान शान्तिपूर्ण रुपमा सकिएको हो । यस पटकको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता भोट हाल्न योग्य ठहरिएका थिए, तर यस पालिको निर्वाचनमा मतदातहरुमा विगतको जस्तो उत्साह देखिएन ।
विगतको आँकडा
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता थिए।
जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता थिए।
२०७४ मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो। उक्त निर्वाचनमा ६८.६७ प्रतिशत मत खसेको थियो।
पहिलो चरणमा २० लाख ६८ हजार ९७८ र दोस्रो चरणमा ८५ लाख २५ हजार १७३ करी कूल १ करोड ५ लाख ९३ हजार ९७१ मत खसेको थियो।
उक्त निर्वाचनमा कूल मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ रहेको थियो।
२०७० मा ७८.३४ प्रतिशत मत खसेको थियो। कुल १ करोड २१ लाख ४७ हजार ८६५ मध्ये ९५ लाख १६ हजार ७३४ मत खसेको थियो।
कुल मतदानमध्ये ९५.०४ प्रतिशत अर्थात ९० लाख ४४ हजार ९०८ मत सदर र ४.९६ प्रतिशत अर्थात् ४ लाख ७१ हजार ८२६ मत बदर भएको थियो।
२०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनमा १ करोड ७६ लाख ११ हजार ८३२ मत खसेको थियो।