वीरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मी एकशनमा आएका छन् ।२०६३ सालमा नागरिकता बानएका उतम कुमारले आफ्नो छोराछोरीको नागरिकता बनाउनको लागि वडा कार्यालयमा नागरिकताको सिफारिस गराउन जादा वडा अध्यक्ष कुर्मीले गृह मन्त्रालयले परिपत्र जारी गरेको अनुसार प्रमाण लयाउनु माग गर्दा प्रमाण जुटाउन नसकेपछि वडा अध्यक्ष कुर्मीले नागरिकताको सिफारिस हुन सक्दैन भनि फर्काएका थिए ‌।

आफ्ना छोराछोरीलाई नागरिकता बनाउन पुगेका उतम कुमार सँग वडा अध्यक्ष कुर्मीले गृहमन्त्राल द्वारा १५ वटा कागजात पेश गरेर नागरिकता लिने प्रावधान तोकेको मध्ये उतम कुमारले केहि कागजात पुगाउन सकेन साथै स्थायी बसोबासको कागजात, पानी, बिजुलीको बिल समेत मागदा उतमले प्रमाण पुगाउन नसकेपछि अन्तमा तपाइ कुन घरमा बस्नु हुन्छ भन्नू हामी सर्जमिन गर्छौ भने पछि आलमगिर को घरमा जादा उहा सालमा (१/२)एक /दुइ पटक आउनु हुन्छ बस्नु हुन्छ तर आलमगिर ले भने मेरो घरमा स्थायी रुपमा बसोबास छैन भनि वडा अध्यक्ष लाइ बताए‌‌।

वीरगंज वार्ड नं १ का वडा बासिले उतम कुमार हाम्रो वडाको होइन त्यसको छोराछोरी को नागरिकता बनाउनु हुदैन भनि वडा कार्यालयमा निवेदन समेत परेको वडा अध्यक्ष कुर्मीले बताए ।