४ असार वीरगन्ज - बीरगञ्जमा आज प्रचण्ड बढदो गर्मीका कारण गुडिरहेको मोटरसाइकलमा आगलागि भएको छ। आगलागिले गर्दा दुई मोटरसाइकल जलेर ध्वस्त भएको हो।
बीरगञ्जमा आज मिति २०८१ असार ३ गते बिहान अं . ११:३० बजेको समयमा पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्श नगर स्थित राष्ट्रिय वाणिज्य बैंकबाट आदर्श नगरचोकतर्फ जाँदै गरेको प्र.२-०३-००१ प ७९०४ नम्बरको १५० सि. सि को मोटरसाइकलमा अचानक आगलागि भएको छ ।