२ श्रावण बीरगञ्ज - वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा वेपत्ता भएका हुन् । एन्जल बसका चालक वीरगंज १६ नगवाका जवाहिर महतोको २ छोरा, १ छोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले बताउनु भयो ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान नारायणगढ -मुग्लिङ सडक खण्डको चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जस मध्ये तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।



शक्रबार देखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।



अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ ।

शव भेटिएका मध्ये सर्लाही जिल्लाको बरहथवा नगरपालिका ३ निवासी १९ बर्षीय रमित कुसुर माझी, चितवन जिल्लाको माडी नगरपालिका १ बस्ने २२ बर्षीय विकास परियार, भरतपुर महानगरपालिका २२ निवासी २३ बर्षीय सुदीप विक, भारतको सितामणी बर्गिनिया बस्ने २८ बर्षीय ऋषिपाल साह, सितामणी बेतिया निवासी ३० बर्षीय जयप्रकाश ठाकुर, सोही ठाउँका ३० बर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुर निवासी ४३ बर्षीय प्रमानन्द पण्डित, र रौतहटको जमुनामाई गाउँपालिका ४ निवासी राहुम मियाको सनाखत भएको छ ।

४ जना पुरुष, १ जना महिला र १ जना बालक गरी ६ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । 

उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरूका परिवारले गरेका हुन् ।