प्रत्येक वर्ष झैँ यस वर्ष पनि पन्टोका रक्सौलमा रक्षाबन्धन ( जनै पूर्णिमा ) को शुभ अवसरमा स्थानिय युवा नेता विकास गुप्ताको नेतृत्वमा महावीरी झण्डामेलाको आयोजना हुन गइरहेको छ ।
मेलाको अवसरमा देश-विदेशका विभिन्न पहलवानहरूलाई बुलाइ कुस्ति (दंगल) कार्यक्रम राखिएको छ । कुस्ती कार्यक्रममा महिलाहरूको पनि कुस्तिको आयोजना गरिएको छ ।
तीन दिने मेलाको तपसिल अनुसारको कार्यक्रम तालिका रहेको छ।
मिति २०८१ भाद्र २ गते आइतबार बेलुकी स्टेज प्रोग्रामभाद्र ३ गते सोमबार भेडाको लडाई र बेलुकी फेरि स्टेज प्रोग्रामर भाद्र ३ गते मङ्गलबार दिउँसोदेखि कुस्तिको कार्यक्रम रहेको छ।