२ असार वीरगञ्ज -बीरगञ्जमा आज १० औं चुरे संरक्षण दिवसको अवसरमा बृहद वृक्षारोपण कार्यक्रम गरि मनाइएको छ।


वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकाश समिति भरतपुर चितवन र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका वडा नम्बर १४  गण्डक चोकबाट उत्तरपट्टिको मूल सडकको डिभाइडर देखि परवानीपुरसम्म बृहत वृक्षारोपण  कार्यक्रमक  गरिएको हो ।

जथाभाबी दोहन वा अव्यवस्थापनका कारण बाढी र पहिरो दुवै जोखिम उच्च हुँदै गइरहेको र चुरे क्षेत्रलाई हामीले अहिले संरक्षण गरेन भने भोलिका दिन तराई मरुभूमिमा परिवर्तन हुने बेर नलाग्ने भन्दै आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भ बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नु भएको ।

तराईका निम्ति चुरे क्षेत्रले भूमिगत जल भण्डारको काम गरेको छ ।मधेसमा सुरक्षित खानेपानीको मुहान भनेको ५० मिटरभन्दा तलको पानीको लेयर नै हो । ५० मिटरभन्दा तलको लेयरमा हानिकारक बायोलोजीलन र केमिकल तत्व नभएकोले खानेपानीको लागि उपयुक्त लेयर हो । तर, ५० मिटरभन्दा तलको लेयरको रिचार्ज जोन भावर क्षेत्र नै हो । त्यसैले भोलिको दिनमा तराईलाई मरुभूमि बनाउनबाट जोगाउनको लागिको ढिलाइ नगरी भावर क्षेत्र संरक्षण गर्नु बाहेकको विकल्प नरहेको देखिन्छ ।



चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई , चुरे रहे पानी, पानी रहे हामी नाराका साथ चुरे क्षेत्रका ३७ जिल्लामा वृक्षारोपण तथा वन संरक्षणको मुख्य नारा सहित विभिन्न खालका सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ।

पूर्वदेखि पश्चिमसम्म यो देशभित्र ८०० किलोमिटर तन्किएको छ भने यसको चौडाइ १० देखि ५० किलोमिटर रहेको छ।

सरकारले २०७१ असार २ गते समितिको गठन गरेको थियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो ।

सरकारले २०६६ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरेको छ।

२०७१ सालको असारमा सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गर्‍यो अनि त्यसलाई संरक्षण क्षेत्रको रूपमा घोषणा पनि गर्‍यो।उक्त विकास समितिकै अग्रसरतामा चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ सालमा बनेको छ।


वीरगंज महानगरपालिकाका कार्यालय प्रमुख श्री र मान मेयर राजेश मान सिंह  तथा ग्रीन सिटी सामुदायिक सेवा  केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको  अध्यक्षतामा नागरिक समाज , समाज सेवी, विभिन्न संघ संस्था सरकारी गैर सरकारी कार्यालयका पदाधिकारि हरु सञ्चार कर्मीहरु तथा यस सेवा केन्द्रका पदाधिकारिहरूको  उपस्थितमा ८०(असी) विरुवा सडककोमूल डीभाईडर र ४२० थान बिरुवा सर्वसाधारण वितरण गरी उक्त कार्यक्रम ९:३०बजेको समयमा सु सम्पन्न गरियो। उपस्थित तथा सहभागीताहरू :- (१) प्रमुख अथिति :- श्री मान राजेश मान सिंह  :- वीरगंज महानगर पालिकाका कार्यालय प्रमुख। (२) श्री मान प्रहरी उपरीक्षक :- कुमोध दुंगेल  :- जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज (३) श्री मान सशस्त्र प्रहरी उपरीक्षक :- राधेश्याम धिमाल  :- सशस्त्र प्रहरी बल नेपाल १३ न. गण वीरगंज पर्सा (४) श्री राष्ट्रिय चुरे तराई मधेश संर विकाश समिति भरत पुर चितवनका प्रमुख :- श्री मान श्यम्बाबु लोप्चन ज्यू (५) सशस्त्र प्रहरी नायव उपरीक्षक :- देवेन्द्र बहादुर सिंह :- सशत्र प्रहरी बल नेपाल १३ न. गण वीरगंज पर्सा (६) सशस्त्र प्रहरी नायव उपरीक्षक :- सुरज रिजाल ज्यू :- सशस्त्र प्रहरी बल नेपाल प्रस्तावीत गुल्म विरगंज भन्सार पर्सा। (७) प्रमुख प्रशासकिय अधिकृत :- मातृका भट्टराइ  :- वीरगंज महानगर पालिका पर्सा (८) श्री मान महेश सिंह धामी  :- समुदायिक आखा अस्पाताल विरगंज पर्सा (९) श्री मान संतोष रंजितकार  :- सञ्चार कर्मी (१०) सुष्मिता यादब (नियमित खबर )- सञ्चार कर्मी (११) प्रहरी बरिष्ठ नायव निरीक्षक:- गुणनिधि खकुरेल  :- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा बिरगंज (१२) श्री मान सुनील खेतान  :- समाज सेवी विरगंज पर्सा (१३) सुशील कादमिया  :- ग्रीन सिटी सदस्य। (१४) चन्द्र अग्रवाल  :- ग्रिन सिटी सदस्य। (१५) सर्फुदिन मिया :- ग्रीन सिटी सलाहकार (१६) रतन टेमानी  :- ग्रीन सिटी सदस्य। (१७) जय प्रकाश खेतान  :- ग्रीन सिटी अध्यक्ष। (१८) राकेश अग्रवाल  ग्रीन सिटी समुदायिक सदस्य (१९) त्रिलोक चन्द दारूका  :- ग्रीन सिटी समुदायिक सदस्य (२०) प्रकाश बानियाँ  :- श्री जंग वीरगंज पर्सा। (२१) मुकेश खेतान  :- ग्रीन सिटी सदस्य। (२२) श्री मान मुकेश गुप्ता  :- पूर्बाधार शाखा प्रमुख  :- वीरगंज महानगरपालिका (२३) रतन टेमानि :- ग्रीन सिटी सदस्य (२४) संजय शर्मा  :- ग्रीन सिटी उपाध्यक्ष (२५) कैलाश बजाज  :- ग्रीन सिटी सदस्य (२६) प्रहरी सहायक निरीक्षक :- प्रमोद कुमार सिंह  :- प्रहरी चौकी गण्डक पर्सा (२७) प्रहरी सहायक निरीक्षक :- दिनेश कुमार राम :- ट्राफीक पोष्ट गण्डक पर्सा। (२८) प्रहरी सहायक निरीक्षक :- रञ्जित प्रसाद पटेल :- वडा प्रहरी कार्यालय श्री पुर पर्सा (२९)प्रहरी बरिष्ठ हवल्दार :- प्रेम राम :- ग्रीन सिटी सा. प्र. सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा। (३०)प्रहरी हवल्दार :- सुभाष प्रसाद यादव :- समुदायिक प्रहरी सेवाकेन्द्र मुरली पर्सा (३१) प्रहरी जवान :- पुर्ण कुमारी श्रेष्ठ :- ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा। (३२) प्रहरी जवान :- अमर सिंह साउद :- ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर विरगंज (३३)बसन्त प्रसाद उपाध्याय :- नागरिक समाज।