पर्सा, चैत्र ३ – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बीरगंज महानगरपालिका-२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र, छपकैया अगाडि अफतारी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
फोर.जी.आर.को विशेष सहयोगमा आयोजित उक्त कार्यक्रममा १०० जना मुस्लिम धर्मावलम्बीहरूलाई रोजा खोल्ने (अफतारी) वितरण गरिएको थियो । कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैया-२ तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ को आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले गर्नुभएको थियो । कार्यक्रममा फोर.जी.आर.का अध्यक्ष नूतन सरावगी, अस्तुती सरावगी, सोनी चचान, देवकी चचान, सुरुचना गुप्ता, नैनसी अग्रवाल, सिमा गाडिया, पुष्पा गाडिया, अफसाना खान, प्रिया सिंह तथा सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेम कुमारी सिंह, सचिव प्रविण विक्रम शाह लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस कार्यक्रमले समुदायमा सद्भाव र आपसी सहयोग अभिवृद्धि गर्ने विश्वास गरिएको छ।