नक्कली नेपाली नोटसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराद्वारा खाटिएको टोलिले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।


२०८१-०२-१६ गते बुधबार १३,१६,०००( तेह्र लाख सोह्र हजार) नेपाली नक्कली नोटसहित बारा जिल्लाको सिम्रनगढ नगरपालिका वडा नम्बर ९ कचोरवा, सानो बसबरिया र ऐ ठूलो बसबरिया बाट नक्कली नोट कारोबारमा संलग्न रहेका तीन नेपाली नागरिक र एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरिएको छ।